कैलालीको बर्दगोरीयामा ठुलो राशीको जिल्लाव्यापी विद्यालय स्तरीय बृहद नृत्य प्रतियोगिता हुँदै ।

बिनोद देवकोटा बौनिया, ७ कार्तीक ।
कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ हुने भएको छ ।

नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा कार्तिक १७ गते देखी १९ गते सम्म सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबं्म स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ कैलालीको बौनियामा नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्लाका ५० विद्याललयका करिब ३ सय बढी विद्यार्थी सहभागी हुने आज मंगलबार बर्दगोरीयामा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराईएको हो ।

स्थानीय कला संस्कृति लाई जर्गेना गर्दै विद्यार्थिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको विदेयालयका संस्थापक प्रीन्सिपल प्रमोद मल्लले बताउनुभयो ।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार दितिय लाई २५ हजार,तितृय लाई १५ हजार र सान्तवना लाई १० हजार नगद, प्रमाणपत्र, ट्रफि,र मेडल प्रदान गरिने छ ।

नृत्य प्रतियोगितामा ५ लाख रुपैया बराबर खर्च हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्