टीकापुर पार्कमा पर्यटक बढे, तिनदिनमा ३ लाख ५० हजार राजश्व संकलन ।

लोकेन्द्र रावल टीकापुर, ७, कात्तिक ।
तिहार सकिए लगत्तै टीकापुर पार्कमा पर्यटक बढेका छन् । आइतबार दुई हजार, सोमबार छ हजार र मंगलबार सात हजार पर्यटकले पार्क अवलोकन गरेका छन् ।

पर्यटकबाट यो तिनदिनको अबधिमा ३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको टीकापुर पार्क इञ्चार्ज अर्जुन कुँवरले बताउनुभयो । टीकापुर पार्कमा आज मंगलबार मात्र पर्यटकबाट एक लाख ३५ हजार, सोमबार एक लाख ३१ हजार र आइतबार ३९ हजार रुपैयाँ राजश्व संकलन भएको कुँवरले बताउनुभयो ।

पार्कको अवलोकन भ्रमण,मनोरञ्जन सहित वनभोज खानका लागि दाङ, बर्दिया, सुर्खेत, नेपालगन्ज, डोटी, अछाम, महेन्द्रनगर, धनगढी लगायतका ठाउँहरुबाट पर्यटकहरु बढि मात्रामा आगमन भएको र छिमेकी देश भारतको तिकुनिया, लखनउ लगायतका ठाउँबाट समेत पर्यटकहरु आउने गरेको कुँवरले बताउनुभयो ।

यसैबीच टीकापुर पार्कमा पर्यटक बढेपछि सम्भावित घट्ना र उच्छृृङखल गतिविधी हुन नदिनका लागि प्रहरी टोली खटाएको र्ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दशै तिहारको समापनसंगै प्रायजसो हरेक वर्ष टीकापुर पार्कमा पर्यटकहरुको आवागमन बढ्ने गरेको छ ।

प्रतिक्रया दिनुहोस्