कोठियाघाटमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता ।

बर्दिया, ७ कात्तिक ।
बर्दियाको कोठियाघाटमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार सुर्खेत वीरेन्द्रनगर घर भई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ बर्षिय मुकेश ढकाल कर्णाली नदीको भँगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा आज बेपत्ता भएका हुन ।

पिकनिकका लागि बर्दियाको कोठियाघाट पुलमा आएका ढकाल नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्