चर्चित भारतीय गायिका गिरिजा देवीको निधन ।

नयाँ दिल्ली, ८ कात्तिक ।
चर्चित भारतीय गायिका गिरिजा देवीको गएराती ८८ बर्षको उमेरमा निधन भएको छ। भारतिय पत्रीका नवप्रभात टाइम्सका अनुसार मङ्गलबार दिउँसो उनको स्वास्थ्यमा अचानक समस्या देझिएपछी बीएम बिरला हार्ट रिसर्च सेंटरमा भर्ना गरिएको थियो ।

अस्पताल श्रोतका अनुसार उनको अवस्था निकै गम्भीर थियो । उनको उपचारका क्रममा अचानक राती पौने ९ बजेतिर मृत्यु भएको हो । उनको निधनप्रती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले गहिरो दुख ब्यक्त गरेका छ्न ।

शास्त्रीय, सुगम तथा लोक संगीतमा निकै चर्चित बनेकी उनको जन्म ८ मई १९२९ मा बनारसमा भएको थियो । उनी ध्रुपद, खयाल, ठुमरी, गजल, भजन जस्ता विद्यामा पोख्त थिइन्।  विसुद्ध शास्त्रीय संगीतमा निपूर्ण र सुगम संगीतको ज्ञाताका रूपमा समेत उनलाइ लिने गरिन्छ । लोक संगीतलाई विशेष पहिचान दिलाउन उनको ठूलो योगदान थियो।

उनका चेलाहरुले पनि भारतीय संगीतमा धेरै नाम कमाए। उनलाई ‘ठुमरी क्वीन’ को पदवी नै दिइएको थियो। गिरिजा देवीका बुवा रामदेव राय जमिन्दार थिए। तर, उनी हारमोनियम बजाउने गर्थे।

गिरिजा देवीले वास्तवमा संगीतको ज्ञान आफ्नै बुवाबाट पाएकी थिइन्। भारत स्वतन्त्र हुनुअघि एउटा महिलालाई संगीत सिक्नु अहिले जस्तो सहज थिएन्। तर, बुवाको संरक्षणका कारण उनले अगाडि बढ्ने प्रेरणा पाइन्।

गायक तथा सारगीवादक सरजुप्रसाद मिश्राबाट उनले ५ वर्षको उमेरमै संगीतको विभिन्न शैली सिकेकी थिइन्। संगीत क्षेत्रको विशेष योगदानका कारण उनी सन् १९७२ मा पद्मश्री, १९८९ मा पद्मभूषण र २०१६ मा पद्म विभूषणबाट सम्मानित भइन्।

उनको चेलाहरु राजन मिश्र, साजन मिश्र, मालिनी अवस्थी, शुभा मुद्गल, सुनन्दा शर्माले पनि भारतीय संगीतमा आफ्नो छुट्टै स्थान बनाएका थिए।

 

प्रतिक्रया दिनुहोस्