बाजुरा काँग्रेसका पूर्व जिल्ला सभापति रावल बाम गठबन्धनमा प्रवेश ।

बाजुरा८ कात्तिक ।
नेपाली काँग्रेस बाजुराका पूर्व जिल्ला सभापति तथा संविधान सभाका उम्मेदवार मनबहादुर रावल नेकपा बाम गठबन्धनमा प्रवेश गरेका छन्।

लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रिय रावलले पार्टीबाट मोह भंग भएको भदै आज बिहान बाम गठबन्धनसँग सहकार्य गर्न पुगेका हुन्। उनलाई  नेकपा एमालेका पोलिट व्यूरो सदस्य कर्ण थापा र प्रतिनिधि सभाका उम्मेदवार तथा एमालेका केन्द्रिय सदस्य लालबहादुर थापाले पार्टीमा स्वागत गरेको एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।

२०३६ सालदेखि नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता रहेका उनी २०४७ देखि लामो समयसम्म जिल्ला सभापति भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका उनी एमालेका कर्ण थापासँग पराजित भएका थिए। बुढीगंगा नगरपालिका देवलसैन–८ का स्थायी बासिन्दा रावल काँग्रेस बाजुराका प्रभावशाली नेताका रूपमा पनि चिनिन्छ्न ।

जिल्लामा काँग्रेसलाई आफ्नै नेतृत्वमा एउटा उचाइ प्रदान गरेपनि केन्द्र र जिल्ला तहको नेतृत्वबाट अन्यायपूर्ण व्यवहार भएको उनले बताएका छन् ।

प्रतिक्रया दिनुहोस्