रुकुममा माओवादीले मिलायो लफाडा, बागिलाइ समानुपातिकमा समेटिने ।

रुकुम, ८ कात्तिक ।
पूर्वी रुकुममा वाम गठबन्धनबाट उम्मेदवार बनेका विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले समानुपातिक तर्फको उम्मेदवार सूचीमा नाम समावेश गर्ने आश्वासन पाएपछि उम्मेदवारी फिर्ता लिएका हुन्।

वाम गठबन्धनबाट पूर्व मन्त्री कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेपछि असन्तुष्ट माओवादी नेता तेजेन्द्र खाममगरले उनीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै प्रदेश ‘क’बाट वाम गठबन्धनका उम्मेदवार माओवादीका तेजबहादुर ओलीका बागी माओवादीकै पुणीराज घर्ती बनेका थिए।

दुबै बागीलाई समानुपातिक उम्मेदवार बनाउने गरी प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता गरिएको प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोकाले बताइन्।

रोकाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षमा बागी उम्मेदवारी दिउका तेजेन्द्र खाममगरलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार बनाइने भएको छ भने प्रदेश ‘क’ बाट बागी उम्मेदवारी दिएका पुणीराज घर्तीलाई सोही क्षेत्रबाट समानुपातिक उम्मेदवार सूचीमा समावेश गरिने भएको छ।

 

प्रतिक्रया दिनुहोस्