माओवादीबाट बागी उम्मेदवारले मनोनयन लिए फिर्ता, अब शुर्य चिन्हमै भोट ।

मुगु, ८ कात्तिक ।
वाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको भागमा एक सिट पनि नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी नेताहरुले उम्मेदवारी दर्ता फिर्ता लिएका छन् ।

प्रतिनिधिसभाका लागि एक क्षेत्र भएको मुगुमा माओवादी नेता शुरबहादुर बुढाले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको थियो । त्यस्तै प्रदेश ‘क’ बाट केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पार्टीको केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनी दिएपछि उम्मेदवारी फिर्ता लिएको मंगलबहादुर शाहीले बताउनुभयो । अब माओवादी मुगुले पनि वाम गठबन्धन कार्यदलले गरेको निर्णय अनुसार  नै सूर्य चिन्हमा मतदान गर्ने जनाएको छ ।

माओवादीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि कांग्रेसका लागि केही सहज देखिएको थियो  ।

प्रतिक्रया दिनुहोस्