कटुवा पेस्तोलसहित नेपालगञ्जमा भारतिय नागरिक पक्राउ ।

बाँके, ८ कात्तिक ।

कटुवा पेस्तोलसहित बाँकेको नेपालगञ्जमा प्रहरीले एकजना भारतीय नागरिकलार्इ पक्राउ गरेको छ ।

संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको बिशेष टोलीले भारत बहराईच जिया गाउँ बस्ने २५ वर्षीय रमजान खानलाई बाँके जानकी गाउँपालिका-६ डिठ्ठापुरवा चोकबाट नियन्त्रणमा लिएको हो ।

खानसँग अबैध हतियार भएको सूचनाका अधारमा प्रहरी टोली खोजीमा खटिएको थियो । खान पेस्तोलसहित कुन अपराधिक क्रियाकलाप गर्न नेपाल अाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्