
मनाङ ,८ कात्तिक ।
मनाङको प्रदेश सभा सदस्य ‘ख’की एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन् ।
स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् । एमालेले प्रदेशसभामा मनाङ्गेको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी आलोचना भएपछि टिकट दिइएको थिएन । त्यसपछि मनाङ्गले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर आज एमालेले उम्मेदवारी फिर्ता लिएको एमाले मनाङ अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पाल्देन छोपाङ गुरुङले जानकारी दिए ।
अब कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुनेछ । मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए ।