जनप्रतिनिधिको प्रतिबद्धता: लम्कीचुहालाई मंसिर पहिलो साताभित्र खुला दिशामुक्त गर्छौ ।

पवन मुडभरी बौनिया, ८ कात्तिक ।
कैलालीको लम्कीचुहा नगरपालिका लाई मंसिर पहिलो सातभित्र खुला दिशामुक्त घोषणा गरिने भएको छ ।

 

नयां सोच ,खोज र आत्मबोध भन्ने नारा सहित नेपाललाई २०१७ मा खुला दिशामुक्त घोषणा अभियान अन्तर्गत लम्कीचुहा नगरपालीकालाई मंसिर पहिलो साताभित्र खुला दिशामुक्त घोषणा गर्नकालागि स्थानीय  जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन ।

युनिसेफको सहकार्य तथा जिल्ला खानेपानी डिभिजन कार्यालय धनगढिको समन्वयमा लम्कीचुहा नगरपालीकाले  आयोजना गरेको १ दिने अभिमुखीकरण कार्यक्रमका सहभागि जन-प्रतिनीधिहरुले यस्तो प्रपतबद्धता जनाएका हुन ।

जिल्लाका विभिन्न नगरपालीका तथा गाउपालीकाहरु खुला दिशामुक्त घोषणा भएपनि लम्कीचुहा नगरपालीकामा हालसम्म पनि खुला रुपमा दिशा पिसाब गर्ने गरेका छन । १० वटा वडा रहेको नगरपालीकामा १६ हजार ७ सय २३ घरधुरी मध्ये ४ सय २ घरधुरीमा अहिलेसम्म शौचालय छैन ।

नगरप्रमुख महादेव बजगाईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा युशिेफका होमनाथ आचार्यले सहजीकरण गर्नुभएको थियो भने सञ्चालक तप्त बिष्टले गर्नुभएको थियो ।

 

प्रतिक्रया दिनुहोस्