पुर्वराजा शाहको सम्बोधनको स्वागतमा राजधानीमा विशाल र्यालिसहित पर्दशन हुँदै ।

काठमाडौ, ८ कात्तिक ।
केहिदिन अघि पुर्वराजा ज्ञानेन्द्र शाहले गर्नुभएको सम्बोधनको समर्थनमा राजधानीमा विशाल र्यालिसहितको कार्यक्रम गरिने भएको छ ।

मातृभुमी संरक्षण नेपालको आयोजनामा कार्यक्रम गरिने भएको हो । यहि आउदो शनिबारका दिन राजधानीस्थित हनुमान ढोकामा र्यालिसहितको विशाल कार्यक्रम आयोजना गरिएको मातृभुमी संरक्षण नेपालका सयोजक राजन महर्जनले जानकारी दिए । कार्यक्रममा राजसस्थाप्रती आस्थावान सम्पुर्ण नेपाली नागरिक, विभिन्न राजाबादी संघ, संगठनको सहभागीता हुनेछ ।

यसअघि पुर्वराजा शाहले सम्बोधनका क्रममा मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको बताएका थिए । एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरेका थिए ।

पूर्व राजा शाहले मुलुक र मुलुकबासीको हक हितका लागि जिम्मेवार बन्न नेपाल जनतालाई आग्रग गरेपछि देशका विभिन्न स्थानहरुमा समर्थसहित स्वागत कार्यक्रमहरु भैरहेका छ्न ।

 

प्रतिक्रया दिनुहोस्