आसन्न चुनावका लागि बाकेमा ३ सय २७ मतदान केन्द्र निर्धारण ।

बाँके, ९ कात्तिक ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि बाकेमा ३ सय २७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदानस्थल भने साविकको १३६ नै कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिनुभयो ।स्थानीय तह चुनावमा बाँकेमा  १३६ मतदान स्थलमा २९५ वटा मतदान केन्द्र रहेका थिए ।

स्थानीय तह निर्वाचन भन्दा यसपटक झण्डै ३० हजार मतदाता थप भएका कारण मतदान  केन्द्र पनि थप भएका हुन् । निर्वाचन आयोगले एक हजार ६४ मतदाता रहेको क्षेत्रमा  एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाए अनुसार बाँकेमा ३२७ मतदान केन्द्र तोकिएको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका अनुसार  २०७० सालको संविधानसभा चुनावको क्रममा रहेका मतदानस्थललाई नै स्थानीय तह र आगामी चुनावका लागि मतदान स्थल कायम गरिएको हो  । बाँकेमा कुल मतदाताको संख्या  २ लाख ७६ हजार ७१८ रहेको छ । क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, मतदाता रहेका छन ।

क्षेत्र नम्बर १ को प्रदेश १ मा ४७ हजार १९ र प्रदेश २ मा ५१ हजार ३०१ मतदाता रहेका छन । क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४२ हजार २५ र प्रदेश २ मा ४० हजार ९२४ मतदाता रहेका छन ।

यसैगरी क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन ।  क्षेत्र नम्बर ३ को प्रदेश १ मा ५१ हजार ११७ र प्रदेश २ मा ४४ हजार ३३२ मतदाता रहेका छन । स्थानीय तहको चुनावमा बाँकेका ८ वटा तहमा गरी दुईलाख ४६ हजार १०३  मतदाता रहेका थिए ।

चार वर्षअघि सम्पन्न भएको संविधानसभा चुनावमा बाँकेमा दुईलाख ९ हजार  १६९ मतदाता रहेका थिए ।

 

प्रतिक्रया दिनुहोस्