जिल्लाव्यापी बिद्यालय स्तरीय क्रीकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा ।

बौनिया, ९ कात्तिक ।
कैलालीको बर्दगोरिया गाउपालिकामा हुन गइरहेको जिल्लाब्यापी विद्यालय स्तरीय क्रीकेट प्रतियोगिता २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ ।जगततारा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको प्रतियोगिता यहि कार्त्तिक २५ गतेबाट सडकपुर बौनियामा संचालन हुनेछ । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता कार्तिक ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जिल्लाका करीब २० टिमको सहभागी रहने खेलकुद सयोजक एकेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा माध्यामिक बिधालयस्तरका खेलाडिले सहभागीता जनाउनेछ्न । स्थानिय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई देशव्यापी रुपमा चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए । स्थानीय मुडा खेल मैदानमा संचालन हुने प्रतियोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सिस्टमको आधारमा खेलाइनेछ ।

आयोजक बिधालयले यसअघि ०७२/०७३ सालमा पनि माध्यमीक विद्यालय स्तरीय क्रीकेट प्रतियोगिता  सफलतापूर्वक सम्पन्न गरेको थियो । दस हजार पुरस्कार रासिबाट सुरु भएको प्रतियोगितामा यस बर्षको पुरस्कार रासि भने वृद्धि गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाइ ४१ ह्जार १ सय ११ रुपया नगद, ट्रफी, मेडल र प्रमाणपत्र ,द्धितिय हुनेलाई १७ हजार १ सय ११ रुपया ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई भने नगद ३ हजार १ सय ११ रुपया ट्रफी,र प्रमाणपत्र, उत्कृष्ट व्याट्सम्यानलाई नगद २ हजार १ सय ११  ट्रफी र प्रमाणपत्र,उत्कृष्ट बलरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र, राईजिङ प्लेयरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र प्रदान गरिने छ ।

दोश्रो चरणका खेलहरुमा भने प्रत्यक म्याचको म्यान अफ दि म्याचलाई नगद ५ सय ५५ रुपया प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्