कैलालीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

कैलाली, ९ कार्तिक ।
आगामी मङ्सिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावका आगि कैलालीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।

चुनावका लागि एक मुख्य निर्वाचन अधिकृत र चार वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन । कार्यालयको आज एक औपचारिक कार्यक्रमका बिच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजाल र मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कैलालीका मुख्य न्यायधिस बिष्णु प्रसाद अर्यालले सयुक्त रुपमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयको उद्घाटन गरेका छ्न ।

जिल्लामा स्थापना गरिएका सवै कार्यालय सदरमुकाम धनगढीमै रहेका छन । क्षेत्रीय स्वाथ्य तालिम केन्द्र धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने तालिम केन्द्रमै प्रतिनिधि सभा ५ तथा प्रदेश सभा ५ को (क )र (ख )को निर्वाचन कार्यालय पनि तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को (क) र (ख )को निर्वाचन कार्यालय जिल्ला कृषि विकाश कार्यालयमा स्थापना गरिएको छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को (क) र ख को निर्वाचन कार्यालय क्षेत्रीय वन तालिम केन्द्रमा स्थापना गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ तथा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को (क) र (ख )को निर्वाचन कार्यालय सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा खोलिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ तथा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ को (क) र (ख) को निर्वाचन कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले जानकारी दिए ।

स्थापना गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिईने कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको भनाइछ । कार्यालय खोलिएसगै अव निर्वाचन सम्बन्धि कार्यालाई अगाढी बढाईने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका जिल्ला न्यायधिस बिष्णु प्रसाद अर्यालले बताए ।

आयोगले यसअघि नै प्रदेश र प्रतिनिधि सभा चुनावका कैलालीको क्षेत्र नं ५ मा जिल्ला अदालतका जिल्ला न्यायधिस बिष्णु प्रसाद अर्याललाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो भने क्षेत्र नं १ मा कृषि बिकास मन्त्रालयका कानुन अधिकृत खिमानन्द भुषाल, क्षेत्र नं २ मा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याल, क्षेत्र नं ३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका उपसचिब पिताम्बर भण्डारी, क्षेत्र नं ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत अजुन प्रसाद कोइरालालाई निर्वाचन अधिकृत ताकेको थियो ।

प्रतिनिधि सदस्य चुनावका लागि कैलालीमा ५ तथा प्रदेश सभाका लागि १० वटा निर्वाचन क्षेत्र तोकिएको छ । मसिर २१ गते हुने निर्वाचनका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।
। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि कैलाली निर्वाचन क्षेत्र नं १ मा टीकापुर नगर क्षेत्र र भजनी नगरका ६ र ८ वडाका साथै जानकी गापाका वडा नं १,३,४,६ र ७ र जोशीपुर गापा, क्षेत्र नं २ मा लम्कीचुहा नगर क्षेत्रका साथै बर्दगोरिया गापा, मोहन्याल गापाका वडा नं १,२,३,४,६ र ७ र जानकी गापाका वडा नं २, ५, ८, ९ लाई समावेश गरेको छ ।

यस्तै क्षेत्र नं ३ मा भजनी नगरपालिकाका बाँकी वडा, घोडाघोडी नपा, र कैलारी गापाका १,२,३,४,५,७ र ८ वडा, क्षेत्र नं४ मा मोहन्याल गापाको वडा ५, गौरीगंगा नपा, चुरे गापा र गोदावरी नपालाई तथा क्षेत्र नं ६ मा धनगढी उपमहानगरपालिका र कैलारी गापाका वडा नं ६ र ९ लाई समावेश गरिएको छ ।

आसन्न मसिर २१ मा हुने चुनावमा कैलालीमा ४ लाख ६० हजार ५ सय ८० मतदाताले मतदान गर्नेछन ।

 

 

प्रतिक्रया दिनुहोस्