बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु ।

बैतडी, ९ कात्तिक ।
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर, तिलाडीकी ३४ वर्षीया अनिता विष्ट रहेको प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बिहान साढे ९ बजेतिर घरनजिकै रहेको तिलाडी भीरमा खर काटिरहेका बेला एक्कासि लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लामा यसअघि,पनि असोज ३१ गते पनि सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहारको खर काट्नेक्रममा भीरबाट लडेर ज्यान गएको थियो ।

 

प्रतिक्रया दिनुहोस्