सरकारी गाडीसहित सिचाइका हाकिम मापसे गर्दै भेटिएपछि विप्लव माओवादीको फन्दामा ।

बिनोद देवकोटा बौनिया ९ कात्तिक ।
कैलालीको टीकापुरमा सरकारी कार्यालयको गाडी कर्मचारीले मनोमानी तरिकाले दुरुपयोग गर्ने गरेको पाइएको छ ।

अफिसियल काम बाहेक अन्य ब्यक्तीगत कामको प्रयोजनमा मात्र नभइ साझको समयमा मदिरा पिउन समेत सरकारी गाडी प्रयोग गर्ने गरेको भेटिएको हो । केही घण्टा अघिमात्र  रानी जमरा सिचाई कार्यलय टीकापुरका कार्यालय सहायक गौरिलाल उपाध्याय सरकारी गाडि दुरुपयोग गर्दै मदिरा सेवन गरिरहेका अबस्थामा एक रेस्टुरेन्टमा फेला परेका छ्न ।

उपाध्याय  बा २ झ २५५९ नम्बरको गाडीसहित मदिरा पिउदै मातिएको अबस्थामा भेटिएपछि बिप्लव नेतृत्वको माओवादीले आज साझ नियन्त्रणमा लिएको थियो ।

मापसे गरिरहेको अबस्थामा उपाध्यायलाइ नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइएको बिप्लव नेतृत्वको माओवादी टीकापुरका इन्चार्ज  विरेन्द्र बिश्वकर्माले हिमाली टाइम्सलाइ जानकारी दिए । यस बिषयमा भने प्रहरीले कुनै जानकारी दिएको छैन ।

 

प्रतिक्रया दिनुहोस्