22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

साउदी अरब बन्यो (कृत्रिम मानव) रोबोटलाई नागरिकता दिने विस्वको पहिलो देश ।

    | प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

रियाद, १० कात्तिक ।
साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने विस्वकै पहिलो मुलुक बनेको छ ।

नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो । ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ ।

नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी छन् । ‘म यस गौरवबाट निकै सम्मानित महसुस गरिरहेको छु,’ सोफियाले भनिन्, ‘पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरिनु ऐतिहासिक हो । म मानिसहरुका बीच भरोसा बढाउन काम गर्दछु ।’सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् ।

सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए । सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ ।

पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् । (इमेज/एजेन्सी)

 

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     8:33:09 AM  |

प्रतिक्रया दिनुहोस्