पाकिस्तानसङ्गको खेलमा श्रीलंका ७ विकेटले पराजित ।

दुबई, १० कात्तिक ।
पाकिस्तानसँगको पहिलो २०/२० क्रिकेटमा श्रीलंका ७ विकेटले पराजित भएको छ । दुवइमा गएराति भएको खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट जाँदा भेट्टायो ।

टस हारेर ब्याटिङमा आएको श्रीलंकाले १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनुष्का गुनथिलकाले ११ बलमा १८ रन, सदिरा सामाराविक्रमाले २३ बलमा २३ रन, सेक्कुग्गे प्रसन्नाले २३ बलमा अविजित २३ रन बनाए । पाकिस्तानका हसन अलीले तीन विकेट लिए ।

यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिए । पाकिस्तानलाई जिताउन सोहेब मलिकले ३१ बलमा अविजित ४२ रन र मोहम्मद हाफिजले २३ बलमा अविजित रहँदै २५ रन बनाए । यस्तै अहमद सेहजादले ३२ बलमा २२ रन बनाए । श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिए ।

श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट ह्वाइटवास गरेको पाकिस्तानले ट्वेण्टी ट्वेण्टीमा पनि विजयी शुरुवात गरेको हो ।

 

प्रतिक्रया दिनुहोस्