बौनिया बजारमा प्रभु बैंकको शाखा विस्तार ।

पवन मुडभरी बौनिया, १०, कात्तिक ।
कैलालीको बर्दगोरीया गाउपालीका १ बौनिया बजारमा प्रभु बैंक लिमिटेडको शाखा विस्तार गरिएको छ ।

बैंकले आज एक औपचारिक कार्यक्रमकाबिच १ सय ४३ औ शाखाका रूपमा बौनिया बजारमा आफ्नो शाखा बिस्तार गरेको जनाएको हो । बैंकले देशका विभिन्न ५१ जिल्लामा शाखा सञ्चालन गरी सेवा दिईरहेको प्रभु बैंक धनगढी निर्देशक धनन्जय शर्माले बताए ।

शाखाको उदघाटन गर्दै उनले नेपालको एउटा शशक्त तथा अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले आधुनिक बैंकिंग सेवा सरल र सुलभ तरिकाले प्रदान गर्ने उद्देश्य अनुरुप कैलाली जिल्लाको बौनियामा पनि आफ्नो शाखा सञ्चालन गरिएको प्रभु बैंकका मनिराम पा्ख्रेलले बताए ।

उनले यस क्षेत्रमा रहेका स्थानिय व्यापारी , सर्वसाधारण , विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि यहाका जनताहरुको आर्थिक उन्नती र समृद्धिका लागी अगाडी बढ्ने र उच्चतम प्रतिफल प्रदान गर्ने तथा कर्जा लगानी गरी उद्यमशिलताको विकास गर्ने बताए ।

उद्घाटन कार्यक्रममा बर्दगोरीया गाउपालीकाका कार्यकारी अधिकृत हिरालाल भण्डारी , वडा नं १ का वडाअध्यक्ष जयरुप खतिवडा , वडा नं २ का वडा अध्यक्ष भिखु चौधरी , ३ का कर्ण सुनार , ४ का पुरन बि सी , ५ का श्याम कुमारी चौधरी र वडा नं ६ का रञ्जित चौधरी , नागरीक समाजका खेमराज भट्ट , ओमनारयण महतो , भविराम कंडेल , बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार लगायतको सहभागीता थियोे ।

 

प्रतिक्रया दिनुहोस्