दार्चुलामा वाम गठबन्धन र कांग्रेसद्वारा पूजापाठसहित एकै ठाउँबाट चुनावी अभियान सुरु ।

दार्चुला, १० कात्तिक ।
आसन्न निर्वाचनकाा लागि दार्चुलामा वाम गठबन्धन र नेपाली कांग्रेसले पूजापाठ गरेर एकै ठाउँबाट चुनावी अभियान थालेका छन् ।

आज दार्चुलाको मालिकार्जुन मन्दिरमा छुट्टा छुट्टै पूजापाठ गरेर दुबै पक्षका उम्मेदवारले चुनावी अभियानको सुुरुवात गरेका हुन् ।

अभियानको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विक्रमसिह धामी, प्रदेशसभा ‘क’ का उम्मेदवार मदन गिरी र प्रदेशसभा ख का उम्मेदवार जगदीशवहादुर पाल लगायतको टोलीले मालिकार्जुनबाट प्रचार सुरु गरेका छ्न ।

वामगठबन्धनका उम्मेदवार, नेता कार्यकर्ताहरुले मालिकार्जुन मन्दिरमा पूजापाठ गरे लगत्तै चुनावी सभा गरेका छन् । दार्चुलामा प्रतिनिधिसभामा ५ जना तथा दुबै प्रदेशसभाका लागि ५—५ जनाको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रया दिनुहोस्