विस्वकप फुटबलको पुरस्कार राशी ४० करोड अमेरीकी डलर हुने ।

काठमाडौ, १० कात्तिक ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुर्‍याएको छ ।फिफाले आज भारतको कलकतामा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।

विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ ।

त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मिति समेत तोकेको छ ।

सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भई जुलाई ७ मा सकिने छ ।

 

प्रतिक्रया दिनुहोस्