श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी ।

काठमाडौ, ११ कात्तिक ।
श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ ।

युएईमा श्रीलंकाले दिएको एक सय २५ रनको लक्ष्य पाकिस्तानले खेल सकिन एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टायो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो ।

धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तान र श्रीलंकाबिच अब एउटा ट्वेन्टी–ट्वेन्ती क्रिकेट हुन बाँकी छ ।

यसअघिको ट्वेन्टी–ट्वेन्टी र पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्