स्पेनका प्रधानमन्त्रीले गरे क्याटालोनियाको संसद भंग, मन्त्रिपरिषद् समेत बर्खास्त ।

काठमाडौ, ११ कात्तिक ।
स्पेनका प्रधानमन्त्री मारिएनो राखोइले क्याटालोनियाको संसद भंग गरेका छ्न ।त्यहाका सांसदले स्पेनबाट स्वतन्त्रताको पक्षमा मत दिएकाले प्रधानमन्त्री राखोइले त्यहाँको संसद भंग
गरेका हुन । संसद भंग गर्दै प्रधानमन्त्री राखोइले स्थानीय चुनावको घोषणा पनि गरेका छ्न । चुनावबाट नयाँ नेतृत्व नआएसम्मका लागि क्याटालोनियामा केन्द्र सरकारको शासन रहने र केन्द्रको शासन क्याटालोनियामा शान्ति स्थापना तथा स्थिरताका लागि अत्यावश्यक भएको प्रधानमन्त्री राखोइको भनाई छ ।

उनले क्याटलान नेता कार्लेस पुइग्डमोन्टलाई बर्खास्त गर्दै क्याटलान मन्त्रिपरिषद पनि भंग गरेका छ्न । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा अक्टोबर १ मा जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा अत्याधिक बहुमत आएको क्याटालोनियाका नेताले बताएका थिए ।

त्यसपछि बढेको क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनाव क्याटलान नेताले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेपछि उत्कर्षमा पुगेको हो । क्याटालोनिया स्पेनकै भाग रहे पनि स्वायत्त रहँदै आएको थियो ।

अब भने मड्रिडबाट प्रत्यक्ष शासन लागु भएको छ । (उज्यालो )

 

प्रतिक्रया दिनुहोस्