त्रीशुली नदिमा बस खस्यो, उद्दार कार्य जारी ।

काठमाडौ, ११ कात्तिक ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रीशुली नदिमा डुबेको छ ।

(फाइल फोटो)

आज बिहान करिब ६ बजेतिर धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा बस खसेको हो । बस नम्बर र बसमा कति यात्रु सवार थिए भन्ने बारेमा एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ । अहिले दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा छन् ।

 

प्रतिक्रया दिनुहोस्