प्रदेश नं ७ मा झन्डै साढे १४ लाख मतदाता, पुरुष भन्दा महिलाको सङ्ख्या बढी ।

कैलाली, ११ कात्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।

जसमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी छ । आगामी मङ्सिरमा हुने चुनावका लागि प्रदेश नम्बर ७ का जिल्लाबाट ६ लाख ९६ हजार ५८० पुरुष मतदाताले सहभागीता जनाउनेछ्न भने सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिङ्गिले मताधिकार प्रयोग गर्नेछ्न ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढी कैलालीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५ सय ८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५ सय ९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रोलिंगी रहेका छन् भने बाजुरामा ३५ हजार १ सय ४७ पुरुष, ३४ हजार ६ सय ८५ महिला र दुई तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।

बैतडीमा ६४ हजार ४ सय ७० पुरुष, ६७ हजार ८ सय ४५ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख ३२ हजार ३ सय १७ मतदाता रहेका छन् । दार्चुलामा ३९ हजार ५ सय ८५ पुरुष, ३८ हजार ९ सय २७ महिला गरी ७८ हजार ५ सय १२ रहेका छन् । डडेल्धुरामा ४० हजार १ सय ५६ पुरुष र ४१ हजार ५ सय ७६ महिला गरी ८१ हजार ७ सय ३२ र बझाङमा ५१ हजार २ सय ७१ पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रोलिंगी गरी एकलाख चारहजार २ सय ७५ मतदाता रहेका जनाइएको छ ।

यस्तै, कञ्चनपुरमा एक लाख २८ हजार ५ सय २३ पुरुष, एक लाख ३६ हजार ४ सय ५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९ सय ७५, अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९ सय ३ र डोटीमा भने ४९ हजार १ सय ४३ पुरुष र ५७ हजार ४ सय महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनाव मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आउँदो चुनावमा मतदान गर्न पाउने बताइएको छ ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि चुनाव प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ ।

प्रतिक्रया दिनुहोस्