कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक ।

काठमाडौ, ११ कात्तिक ।

कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ राजधानीमा आज एक औपचारिक कार्यक्रमकाबिच  सार्वजनिक गरिएको छ ।

विश्वप्रसिद्ध ग्रामी विजेता डिप्लो अर्थात टमस वेस्ले पेन्ज तथा बेलायती आर एण्ड बि गायक जे सिनसमेतले प्रस्तुति दिएको क्लब डे जाभूमा विप्लव प्रतीकको उपन्यास विमोचन गर्न उपस्थित भएका थिए । कार्यक्रममा नेपाली कांग्रेसक नेता तथा चिन्तक प्रदिप गिरी, शिक्षाविद केदारभक्त माथेमा तथा वरिष्ठ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलगाएतको उपस्थितिमा पुस्तक विमोचन कार्यक्रम केही पृथक शैलीमा सम्पन्न गरियो ।

नहारेको मान्छे’ कविता संग्रह, केही फुटकर कविता, केही फ्रान्सेली  र रसियन भाषाका कवितापछि प्रतीक ‘अविजित’ माफर्त आख्यान क्षेत्रमा प्रवेश गरेका छन् ।

पुस्तकका बारेमा बोल्दै प्रदिप गिरीले उपन्यासले केबल यसको पात्र र लेखकको जीवन दर्शनभन्दा पनि नेपाली राजनीतिको एउटा कालखण्डलाई प्रस्तुत गरेको बताए । कांग्रेस नेता गिरीले उपन्यासले २०४६ सालको जनआन्दोलनदेखि २००७ सालको प्रजातन्त्र स्थापनाको घटनालाई समेत समेटेको बताउँदै उपन्यास पाठकको मन तान्न सफल हुने बताए ।

त्यस्तै शिक्षाविद केदारभक्त माथेमाले उपन्यासले काठमाडौं उपत्यकाको संस्कृतिलाई समेटेको बताए ।उपन्यासमा नेवारी परिकारदेखि नेवारी संस्कृतिसम्म समेटिएको छ । बुक–हिल पब्लिकेसनद्वारा प्रकाशित उपन्यास ‘अविजित’ को मूल्य ४ सय रुपैयाँ रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्