ताप्लेजुङ–दार्चुला गठबन्धनको अभियान: शिर्ष नेताको कार्यकर्तालाइ सम्बोधन हुने ।

काठमाडौं, ११ कात्तिक ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि पार्टी एकता गर्ने योजनासहित अघि बढेको एमाले र माओवादीको गठबन्धनले ताप्लेजुङ–दार्चुला अभियान चलाउने भएका छन् ।प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी जिल्लामा दुई पार्टीले संयुक्त संगठन परिचालन गर्न यस्तो अभियान चलाउन लागेका हुन् । अभियान कात्तिक १९ गते ताप्लेजुङबाट सुरु भई २६ गते दार्चुलामा समापन हुनेछ ।

अभियानका क्रममा हरेक गाउँमा दुई पार्टीका संयुक्त बैठकहरु बस्नेछन् भने संयुक्त चुनाव परिचालन समिति गठब हुनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल सम्मिलित रहेको केन्द्रीय संयोजन समितिका सदस्यहरु अभियानमा सामेल हुनेछन् ।

जसकालागी  एमाले–माओवादी केन्द्रीय संयोजन समितिका तर्फबाट एकता सन्देश प्रभावकारी बनाउन यसअघि नै ७ बुँदे संयुक्त विशेष निर्देशन जारी भैसकेको छ । संयुक्त निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको छ ।

अभियानका क्रममा केन्द्रीय संयोजन समितिका सदस्यको उपस्थितिमा दुवै पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय कमिटीहरुका बैठक बस्नेछन् । एमाले र माओवादी दुवैका नेताहरुले दुवै पार्टीका सबै तहका बैठकहरुलाई सम्बोधन गर्नेछन् ।

श्रोतका अनुसार  यसै क्रममा गाउँ तहदेखि नै पार्टी एकता संयोजन समिति र संयुक्त चुनाव प्रचार समिति बन्नेछ । एमाले र माओवादी एकतालाई लिएर कम्युनिस्ट अधिनायकवाद स्थापना गर्न लागिएको भनी चलाइएको भ्रम चिर्ने र सोही क्रममा पत्रकार, लेखक, बुद्धिजीवीको भेला आयोजना गरिने सात बुँदे निर्देशनमा उल्लेख गरिएको छ । दुई पार्टीको एकताबाट प्राप्त हुने उपलब्धी र मुलुकलाई त्यसबाट हुने फाइदाका वारेमा अभियानका क्रममा स्पष्ट पारिनेछ ।

कम्युनिस्ट पार्टीहरुलाई अधिनायकवादी भनी लगाइएको आरोपलाई ब्यवहारबाटै खण्डन गर्न आरोप लगाउने पक्षलाई कम्युनिस्ट पार्टीजति लोकतान्त्रिक अभ्यासमा उत्रन उनीहरुले चुनौती दिनेछन् । अभियानमा सहभागी भन्न उनिहरुलै सबैलाइ आग्रह समेत गरिसकेका छ्न ।

प्रतिक्रया दिनुहोस्