एएफसी यू–१९ च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टिम किर्गिस्तान प्रस्थान ।

काठमाडौं, १२ कात्तिक ।
मंगलबारदेखि सुरु हुने एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगितामा भाग लिन नेपाली युवा फुटबल टिम किर्गिस्तान प्रस्थान गरेको छ।

नेपाली टिममा अर्पण कार्की (कप्तान), प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धीरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ रहेका छ्न भने मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, सहायक प्रशिक्षकमा पुष्कर शाही र गोलकिपर प्रशिक्षरमा मृगेन्द्र मिश्रसहितको टोलि रहेको छ ।

नेपाली टिम नेपाली भोलि बिहान किर्गिस्तान पुग्ने नेपालका प्रशिक्षक छिरिङ लोप्साङले जानकारी दिए। किर्गिस्तान प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमका खेलाडीहरु लाई बिदाइ गरेको छ ।

छनोट समूह ‘ए’ मा नेपालसहित युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

नेपालले पहिलो खेल १४ कात्तिकमा आयोजक किर्गिस्तानसँग खेल्नेछ। नेपालको दोस्रो खेल १६ कात्तिकमा बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग खेल्ने छ।

 

प्रतिक्रया दिनुहोस्