एसीसी यू-१९ एशिया कप क्रीकेटका लागि नेपाली टोलीको घोषणा ।

काठमाडौ, १२ कात्तिक ।

एसीसी यू-१९ एशिया कप क्रीकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेद्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।

एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् । स्वास्थ्यका कारण नन्दन यादवले नाम फिर्ता लिए भने सुमित महर्जन यसपटक टिममा स्थान बनाउन असफल रहे ।

नेपाली टोलीको कप्तानीमा दिपेन्द्र सिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की टिममा छन् ।

नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

 

 

प्रतिक्रया दिनुहोस्