चुनाव प्रचारप्रसारका लागी बन्यो प्रेस चौतारी र सेन्टरको संयुक्त समिति ।

काठमाडौँ, १२ कात्तिक ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले वामपन्थीबीचको चुनावी एकता प्रक्रियालाई स्वागत गरेको छ ।

राजधानीमा आज सम्पन्न सयुक्त बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहेका छन् । यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी रहेका छन् ।

बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचार प्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकसाथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन समेत दिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्