एकदिवसीय सिरिज भारतले जित्यो, निर्णायक खेलमा न्युजिल्यान्ड ६ रनले पराजित ।

काठमाडौ, १२ कार्तिक ।

न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय सिरिज भारतले २–१ ले जितेको छ । कानपुरमा आज भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतले न्युजिल्यान्डलाई ६ रनले पराजित गर्दै सिरिज कब्जा गर्यो ।यो सङ्गै सन् २०१६ यता भारतले भारतले लगातार ७ वटा एक दिवसिय श्रृखंला जितेको छ । भारतले दिएको ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन मात्र बटुल्न सफल भयो । न्युजिल्यान्डका लागि कोलिन मुर्नोले ७५, केन विलियमसनले ६४ र टम लाथमले ६५ रन बनाए ।बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ र युजवेन्द्र चहालले २ विकेट लिए।

कप्तान विराट कोहली र प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको सतकको सहयोगले पहिलो ब्याटिङ गरेको भारतले कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रनको सहयोगले ६ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो।

यी दुबैले दोस्रो विकेटका लागि २ सयभन्दा बढी रनको साझेदारी गरे । उनीहरुको एकदिवसीयमा यो चौथो मौका थियो । कोहलीले ३२ औं सतक पुरा गरे । रोहितको पनि एकदिवसीयमा १५औं सतक थियो । उनले १ सय ३८ बलमा २ छक्का र १८ चौकाको सहयोगले सतक बनाएका थिए ।

उनको न्युजिल्यान्ड विरुद्ध पहिलो सतक थियो। कोहलीको भने न्युजिल्यान्ड विरुद्ध पाँचौं सतक हो । उनले यो वर्ष मात्र आफ्नो छैटौं सतक पूरा गरेका छन् । कप्तानको भूमिकामा उनको दसौं सतक हो।

न्युजिल्यान्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि महेन्द्रसिंह धोनीले २५ रन बनाए । केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए ।  टिम साउथी र मिल्नेले २–२ विकेट बाँडे । सान्टनेरले पनि २ विकेट लिए।

 

प्रतिक्रया दिनुहोस्