भिरबाट खसेर हुम्लामा एक किशोरीको मृत्यु ।

हुम्ला, १३ कात्तिक ।
हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर–६ की १६ वर्षीया एक किशोरीको भीरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान गाउँनजिकै दूधेभीरमा घाँस काट्न गएकी झ्याकु शाहीको भीरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको स्थानीयवासी कालीबहादुर थापाले जानकारी दिए ।

मृतक शाहीको सोमबारै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको थापाले बताए ।

 

प्रतिक्रया दिनुहोस्