काङ्ग्रेसले आरजु राणालाई कैलाली ५, हृदयराम थानीलाई सुर्खेत २ बाट उम्म्मेदवार बनाउने ।

काठमाडौ, १३ कात्तिक ।
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

राजधानीमा आज बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रया दिनुहोस्