दाङमा आसन्न प्रदेश र प्रतिनिधि सभा चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक ।

दाङ,१३  कात्तिक ।
दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।कार्यालयले आज घोराहीमा राजनीतिक दलहरुलाई राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १६ गते उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने भएको छ । १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको उम्मेदवारी दर्ता, १६ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको सूचि प्रकाशन, १७ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने गरी कार्यतालिक सार्वजनिक गरिएको छ ।

कात्तिक १८ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, दिउँसो ३ देखि बेलुका ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

यसैगरी १९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता, दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन, दिउँसो ३ देखि बेलुका ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मंसिर २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तालिका छ ।

प्रतिक्रया दिनुहोस्