दाङमा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढि ।

दाङ, १४ कात्तिक ।
आसन्न दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा दाङमा पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् । दाङमा पुरुष भन्दा ६ हजार ७ सय १५ बढी महिला मतदाता रहेका छन् । मंसिरमा हुने चुनावमा दाङका १ लाख ७२ हजार ८ सय ३३ महिला र  १ लाख ६६ हजार १ सय १८ पुरुष मतदाताले भोट हाल्दैछन् । स्थानीय चुनावमा पनि महिला मतदाताको संख्या धेरै रहेको थियो ।

स्थानीय चुनावमा पनि दुईजना तेस्रो लिंगीले भोट हालेका थिए भने यसपटक पनि भोटहाल्ने तेस्रो लिंगीको संख्यामा फेरबेदल आएको छैन ।

गएको असारमा सम्पन्न स्थानीय तहको चुनावमा भन्दा अहिले हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा दाङमा ४७ हजार ७ सय ८१ मतदाता बढेका छन् । स्थानीय तहको चुनावमा २ लाख ९१ हजार १ सय ७२ मतदाता रहेका थिए ।

प्रतिक्रया दिनुहोस्