बेवारिस अवस्थामा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइयो ।

दाङ, १४ कात्तिक ।
असहाय बाल विकास नेपाल दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुरको टोलीले बेवारिसे अवस्थामा भेटेको बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको परिवारको जिम्मा लगाएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले ती बालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि कात्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल विकास नेपाललाई हस्तान्तरण गरेको थियो।

बबई गाउँपालिका–६ बगाले घर भएकी बालिका लीलावती राणालाई इलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल विकास नेपाल र न्यु सिपिसीको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो।

बालिकालाई बुबा पले रानाले जिम्मा लिएको असहाय बाल विकास नेपालले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस्