सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ ।

काठमाडौ, १४ कात्तिक
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।अदालतले ७ दिनभित्र पक्राउ गर्न आदेश दिएका  ढुंगेल ६ महिला ८ दिनपछि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजालसले २०७३ साल चैत्र ३१ गते ढुंगेललाई एक साताभित्र पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो ।ढुंगेलले आफूलाई जन्मकैदको फैसला गर्ने न्यायाधीशको फिला चिर्ने अभिव्यक्ती दिएर अदालतको मानहान गरेको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमाथि सर्वोच्चले गतबर्षको चैत ३१ गते सो आदेश दिएको थियो । तर प्रहरीले विभिन्न दवावका कारण ढुंगेललाई पक्राउ गर्न सकेको थिएन ।

सर्वोच्चको आदेशको अवज्ञा गरेको भन्दै अधिवक्ता ज्ञिपाठीले प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध सर्वोच्चका केही दिन पहिले रिट दायर गरेका थिए । उक्त रिटमाथिको पेशी तोकिएकै दिन ढुंगेल पक्राउ परेका हुन् । उनलाई अब कारागार चलाउ गरिने छ ।माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को बेला २०५५ सालमा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

उज्जनको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै ढुंगेलमाथि सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

 

प्रतिक्रया दिनुहोस्