जङ्गली हात्ती धपाउन टर्चलाइट बितरण ।

कञ्चनपुर, १५ कात्तिक ।
जंगली हात्तीको झुण्डले पुर्‍याउने नोक्सानी न्युनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ ।

हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो।

‘हात्तीले क्षति पुर्याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरेका छौँ,’ गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने। यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि रु १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको उनले बताए।

भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले बर्सेनि यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सान पुर्याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न नष्ट गर्दै आएको छ। प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ।रासस

 

प्रतिक्रया दिनुहोस्