हुम्लाका करिब दुई सय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र ।

हुम्ला, १५ कात्तिक ।
दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुई सय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन्। हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी अलपत्र परेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कर्मचारीहरु हतारमा आ–आफ्नो कार्यालय फर्किन थाले पनि अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाएर हप्तौंदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए।

जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकट नपाएर एक हप्ता नेपालगञ्ज बस्नु परेको बताए।  नेपाल एयरलाइन्सका साथै तारा र सीता एयरका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आए पनि नियमित भने छैनन्।

प्रतिक्रया दिनुहोस्