यी हुन प्रदेश नम्बर ७ बाट चुनाव लड्ने नेपाली काङ्ग्रेसका उम्मेदवारहरु ।

कैलाली, १५ कात्तिक ।
नेपाली कांग्रेसले दोश्रो चरणमा हुने चुनावकालागि प्रदेश नम्बर ७ बाट पनि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुंगो लगाएको छ ।कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।डडेल्धुरा- ‘क’ बाट रघुवर भट्ट र ‘ख’ बाट कर्णबहादुर मल्लको उमेदवारी तय भएको छ । यस्तै डोटीबाट प्रतिनिधिसभामा वीरबहादुर बलायर तथा डोटी ‘क’ बाट भरतबहादुर खड्का र ‘ख’ बाट योगेन्ऽबहादुर शाही प्रदेश सभामा उमेदवारी दिनेछन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट भरतकुमार स्वाँर र २ बाट पुष्पबहादुर शाह प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । अछाम- ‘क’बाट मेघराज खड्का र ‘ख’बाट टेकबहादुर साउदलाई संसदीय समितिले प्रदेशसभाको टिकट दिएको कांग्रेस अछामका सहसचिव बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए । उनका अनुसार अछाम २ ‘क’बाट सुरतबहादुर बिष्ट तथा ‘ख’ बाट बलबहादुर कुँवरले टिकट पाएका छन् ।

कञ्चनपुर १ मा प्रतिनिधिसभातर्फ दिवानसिंह विष्ट र प्रदेशको ‘क’बाट गोपाल गुरुङ र ‘ख’बाट रामलाल रानाले टिकट पाएका छन् । क्षेत्र नम्बर २ बाट एनपी सावद प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ ‘क’बाट पुष्करराज ओझा र ‘ख’बाट बहादुरसिँह थापा उम्मेदवार बनेका छन् । त्यस्तै क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ रमेश लेखक तथा प्रदेशतर्फ ‘क’बाट यज्ञराज जोशी र ‘ख’बाट बेलबहादुर रानाले टिकट पाएका छन् ।

कांग्रेस संसदीय समिति सदस्य एनपी सावदका अनुसार कैलालीमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा इश्वरी न्यौपाने तथा त्यस क्षेत्रको प्रदेश सभातर्फ ‘क’बाट जनक चौधरी र ‘ख’बाट रणबहादुर रावलले टिकट पाएका छन् । क्षेत्र नम्बर २ मा मंगलबारमात्र एमालेबाट प्रवेश गरेका मोहनसिँह राठौरले प्रतिनिधिसभामा तथा प्रदेशतर्फ ‘क’बाट हेमबहादुर रावल र ‘ख’बाट अरुण चौधरी उम्मेदवार हुनेछन् ।

क्षेत्र नम्बर ३ रामजनम चौधरीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । त्यस क्षेत्रबाट प्रदेशतर्फ ‘क’बाट पुरन चौधरी र ‘ख’बाट लक्ष्मण शाहले टिकट पाएका छन् ।

यस्तै कैलालीकै क्षेत्र नम्बर ४ बाट सुनिल भण्डारी प्रतिनिधि सभा र प्रदेशसभाको ‘क’बाट यज्ञराज चौधरी र ‘ख’बाट हिरादत्त भट्टले टिकट पाएका छन् । क्षेत्र नम्बर ५ मा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवाले प्रतिनिधिसभामा उम्मेदवारी पाएकी छन् । प्रदेश सभातर्फ ‘क’बाट जस्वन राना थारु र ‘ख’बाट डिल्लीराज पन्तलाई टिकट दिएको काङ्ग्रेस संसदीय समितिले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्