सात नम्बर प्रदेशमा उम्मेदवारी मनोनयनको तयारी पूरा, कैलालीमा छुट्टाछुट्टै समय निर्धारण ।

कैलाली, १६ कात्तिक ।

अगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि ७ नम्बर प्रदेशका ५ जिल्लामा उम्मेदवारको मनोनयनपत्र दर्ताको सम्पुर्ण तयारी पुरा भएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय धनगढी कैलालीले दिएको जानकारी अनुसार ७ नम्बर प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा प्रदेश र प्रतिनिधि सभाको उम्मेद्वारी दर्ताको लागि तयारी पुरा भएको हो ।

यि पाच वटै जिल्लामा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतका कार्यालय र निर्वाचन अधिकृतका कार्यालयले मनोनयन दर्ताको तयारी पुरा गरिसकेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत मोहन प्रसाद अर्यालले बताउनुभयो ।

मनोनयन दर्तालाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्नका लागि कैलालीमा मनोनयन दर्ताको समय फरक फरक तोकिएको छ भने सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ । राजनीतिक दललाई उम्मेदवार मनोनयन दर्ताको छुट्टा छुट्टै समय दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवेकशील साँझा पार्टीलाई साढे १२ देखी साढे १ बजे सम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकेको छ ।

त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनलाई साढे १ देखी साढे २ बजे भित्र, नेपाली काँग्रेसलाई साढे २ देखी साढे ३ बजे भित्र, राष्ट्रिय जनमोर्चालाई साढे ३ देखी साढे ४ बजे भित्र मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

दोस्रो चरणमा ७ नम्बर प्रंदेशका ५ जिल्लामा प्रतिनिधि सभाका १२ तथा प्रदेश सभाका लागि २४ सिटमा दलहरुले उम्मेद्वारी दर्ता गर्नेछन ।

 

प्रतिक्रया दिनुहोस्