नेपाली काङ्ग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी ।

नेपालगञ्ज, १६ कात्तिक ।
नेपाली काङ्ग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी भएको छछ। कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन । आसन्न निर्वाचनका लागि टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेको बताइएको छ ।

बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको श्रोतको दाबी छ । राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिए ।

सो क्षेत्र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । उक्त क्षेत्रमा राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्