कैलालीमा गठबन्धनको सयुक्त निर्वाचन परिचालन समन्वय समिति गठन ।

धनगढी, १७ कात्तिक ।

कैलालीमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सयुक्त निर्वाचन परिचालन समन्वय समिति गठन गरेका छन ।एमाले पार्टी कार्यालय धनगढीमा आज बसेको गठबन्धनको सयुक्त बैठकले जिल्लामा प्रतिनिधि सभाका ५ तथा प्रदेश सभाका १० निर्वाचन क्षेत्रमा सयुक्त निर्वाचन परिचालन समन्वय समिति गठन गरेको जनाएको हो ।

गठबन्धनको सयुक्त बैठकले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १ मा भैरव रावलको सयोजगत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको जनाएको छ भने  निर्वाचन क्षेत्र नम्बर १ (कै) प्रदेश (क )मा शिवराज विनाडी र (ख) मा छिरुलाल चौधरीलाई सयोजक तोकेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा  महादेव वजगाईलाई निर्वाचन परिचालन समन्वय समितिको सयोजक तोकेको बामगठबन्धनले प्रदेश  (क) मा केवालाल चौधरी र (ख) मा गणेश गिरीलाई सयोजकको जिम्मेवारी प्रदान गरेकोज छ ।

यसैगरी प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर ३ मा हरि श्रीपाईलीलाई निर्वाचन परिचालन कमिटिको सयोजक बनाएको गठबन्धनले जनाएको छ । प्रदेश (क ) मा सुरेन्द्र चौधरी र (ख) मा खडक रावललाई सयोजक बनाएको छ ।

प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर ४ को सयोजक बल बहादुर कुवर, प्रदेश (क) मा पदम सिह सिहाल र (ख) मा हरिसिह सावदलाइ सयोजको जिम्मेवारी प्रदान गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन समन्वय समितिको सयोजक लक्ष्मण कुवर प्रदेश सभा ( क) मा यज्ञराज बास्तोला र( ख) मा निर्मला शाह सयोजक बन्नुभएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्