राजसस्था पुनर्बहालीको मागसहित राजाबादीहरुले पुलचोक तताउदै ।

काठमाडौ, १८ कात्तिक ।
राजसस्था पुनर्बहालीको माग गर्दै आज पुलचोकमा बृहद पर्दशन गरिने भएको छ ।फोटो: (फेसबुकबाट साभार)

राष्ट्र, राष्ट्रियता, स्वाधीनता र अखण्डताको दीर्घकालीन सुरक्षाका निम्ति मातृभुमि संरक्षण नेपालको अगुवाईमा विभिन्न राजाबादी संघ/सस्था र राजसस्थाप्रती आस्थावान नेपालीहरुको बाक्लो उपस्थितमा चन्द्र सुर्य अङ्कित नेपाली झण्डासहित आज दिउसो एकबजे पर्दशनी हुने भएको हो ।

यसअघि पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक नेतृत्वबिहिन अबस्थामा पुगेको भन्दै नेपाली जनताले साथ दिएमा आफू पुनः नेतृत्व सम्हाले अभिव्यक्ति सार्वजनिक गरेका थिए । सोही कदमको स्वागत गर्दै कार्यक्रमको आयोजना गरिएको मातृभुमि संरक्षण नेपालका सयोजक राजन महर्जनले बताए । उनले कार्यक्रममा सहभागीताका लागि सम्पुर्ण राजाबादी संघ /सङठन, राजसस्थाप्रती आस्थावान सम्पुर्ण नेपाली नागरिकलाई आग्रह समेत गरे ।

पुर्वराजा शाहले एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो लिनु स्वभाविक प्रक्रिया भएको भन्दै नेपाली जनतालाई एकजुट हुन आग्रह गरेपछि देशभरी विभिन्न कार्यक्रम भैरहेका छ्न ।

 

 

प्रतिक्रया दिनुहोस्