डोटीमा जिप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु ।

डोटी, १८ कात्तिक ।
डोटीमा जिप दुर्घटनामा परि चारजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । सदरमुकाम दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका–३ देउराडीमा दुर्घटना भएको हो । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाको थप विवरण आउँन भने बाँकी छ । अहिले उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्