काग्रेस नेता आचार्य भन्छ्न: नेपालमा कम्युनिस्ट वर्चस्वको सरकार बनाउने कल्पना दिवासपना मात्र हो ।

बिराटनगर, १८ कात्तिक ।
नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपालमा कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने कल्पना दिवा सपना मात्र भएको जिकिर गरेका छ्न ।विराटनगरस्थित आफ्नै निवासमा आज पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुकलाई द्वन्द्वतर्फ लैजाने उद्देश्यका साथ भएको दाबी गरे ।

उनले एमाले र माओवादी केन्द्र निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र मुलुकलाई राष्ट्रपतीय प्रणलीमा लैजाने उद्देश्यसहित मोर्चाबन्दीमा लागे पनि त्यसलाई कांग्रेसले असफल बनाइदिने टिप्पणी गरे । उनले वाम गठबन्धनले मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान खोजे कांग्रेस आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

 

 

प्रतिक्रया दिनुहोस्