​राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश ।

चितवन, १८ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।आज चितवनको माडीमा भएको चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन ।तिमिल्सना चितवनको क्षेत्र नम्बर ३ बाट राप्रपा प्रजातान्त्रिकका तर्फबाट उम्मेदवार बनेका विक्रम पाण्डेका विश्वासपात्र मानिन्थे ।

तिमिल्सिनाले पार्टी छाडेपछि चितवन ३ नम्बर क्षेत्रका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पाण्डेलाई धक्का लागेको छ । पाण्डेसँगै राप्रपा  प्रजातान्त्रिकका ३१ जना नेता कार्यकर्ता माअोेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

(उज्यालो अनलाइन )

प्रतिक्रया दिनुहोस्