जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट,भोली अन्तिम प्रतिष्पर्धा हुने ।

पवन मुडभरी बौनिया, १८ कात्तिक ।
कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन ।

सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वास्थ्यका लागि नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुती बाट उत्कृष्ट १२ छनौटमा परेका हुन ।

छनौट हुने बिधालयमा सैनिक आवासिय विद्यालय तेघरी , उज्यालो शिक्षा सदन लम्की , स्टेपि¨स्टोनिक धनगढी , न्यु स्टार ई .बो स्कुल सुखड , मदरल्याण्ड ईङ्लिस बोडिङ स्कुल भजनी , लिटिल एञ्जल्स सुखड , मोहन्याल मा वि बास्कोटी ,नव बालबाटीका विद्या मन्दिर बौनियां , आदर्श ईङ्लिस बोडिङ स्कुल बौनियां , रेडरोज टीकापुर , जगततारा ईङ्लिस बोर्डिङ स्कुल बौनिया , मल्टीपल मण्टेश्वरी भजनी रहेका छन ।

आज छनोट भएका विद्यालयहरुबिच भोली प्रतिष्पर्धा गराईनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दृतिय हुनेलाई २५ हजार, तितृय लाई १५ हजार र सान्तवना लाई १० हजार नगद, प्रमाणपत्र, ट्रफि,र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्