एसिया कप फुटबलको छनौट खेलमा नेपाल युएईसँग १–० ले पराजित ।

काठमाडौं, १८ कात्तिक ।
एसिसी यु-१९ वर्षमुनिको एसिया कप फुटबलको छनौट खेल अन्तर्गत आज नेपाल युएईसँग १–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनाैट सम्भावना सकिएको छ ।युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले पाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन । नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका थिए । तर सोचेजस्तो खेल भने हुन सकेन ।

यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो । १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् । नेपालले २२ गते ओमनसँग खेल्ने छ ।

 

प्रतिक्रया दिनुहोस्