राजा आउ देश बचाउ भन्दै राजाबादी सडकमा । (भिडियो सहित हेर्नुहोस)

काठमाडौ, १८ कात्तिक ।
राजसस्था पुनर्बाहालिको माग गदै आज राजधानीमा बिशाल पर्दशन गरिएको छ ।मातृभुमि संरक्षण नेपालको आयोजना आयोजनामा गरिएको पर्दशनमा विभिन्न राजाबादी संघ/सस्था, राजसस्थाप्रती आस्थावान नेपाली नागरिकहरुको बाक्लो उपस्थित रहेको थियो ।

उनिहरुले हातमा चन्द्र सुर्य अङ्कित नेपालको राष्ट्रिय झण्डासहित प्रदसन गरेका थिए । ललितपुरको पुल्चोक बाट सुरु भएको र्यालि  गाबाहाल, पाटनढोका, अशोक हल, माहापाल मंगलबजार, सुन्धारा हुँदै ग्वर्को सम्म पुगेको थियो । उनिहरुले पर्दशनका क्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउलगाएतका नाराहरु लगाएका थिए ।

बर्तमान राजनीतिक परिवेशका कारण राष्ट्र, राष्ट्रियता र स्वाधीनता निकै कमजोर भएको भन्दै उनिहरुले यसको सङरणका निम्ति राजसस्था पुनर्बाहालिको बिकल्प नभएको उदघोष गरेका छ्न ।

दलहरुको कुर्चिमोहका कारण नेपाल र नेपाली जनताले इतिहासकै नराम्रो मोडमा फस्नुपर्ने सम्भाबित देशको अबस्थालाई बचाउन तत्काल सैनिक शासन लागू गर्नुपर्नेमा उनिहरुले जोड दिएको मातृभुमी संरक्षण नेपालका संयोजक राजन महर्जनले जानकारी दिए ।

भिडियोमा हेर्नुहोस ।

 

प्रतिक्रया दिनुहोस्